१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २४ मंगलबार
  • Monday, 01 July, 2024
टंक आङबुहाङ
गणेश लम्साल विराटनगर
२o७७ चैत २४ मंगलबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश १ का आर्थिक मामिलामन्त्री आङबुहाङलाई सांसदबाट हटाउने माओवादी निर्णय

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ चैत २४ मंगलबार o८:५५:oo

माओवादी केन्द्रले प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङलाई सांसद पदबाट हटाएको छ । उनी केही समयअघि माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरी मन्त्री बनेका थिए । प्रदेश १ सभा संसदीय दलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आङ्बुहाङलाई सांसद पदमा नरहने गरी बर्खास्त गरेको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताए । 

सांसद आङ्बुहाङ पार्टी र दलको अनुमतिविना अर्को दलमा गएर मन्त्री बन्नु प्रदेश १ सभा संसदीय दलको विधान, राजनीतिक दलसम्बन्धी ऐनको प्रतिकूल भएकाले कारबाहीका लागि स्पष्टीकरण सोध्न बाध्य भएको आङ्बोले जानकारी गराए । माओवादी केन्द्रले सांसदबाट हटाएपछि आङ्बुहाङ अब ६ महिना मात्र मन्त्री हुन पाउनेछन् । 

ताप्लेजुङ (ख) बाट विजयी प्रदेश सांसद आङ्बुहाङ माओवादी केन्द्र संसदीय दलका नेता थिए । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनी नेकपा संसदीय दलको उपनेता बनेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिँदै आएका आङ्बुहाङले प्रदेश १ सरकारमा सिनियरको नाताले आफू मन्त्री हुनुपर्ने आकांक्षा राख्दै आएका थिए । तर, पार्टीभित्रको सन्तुलनले गर्दा उनी मन्त्री हुनबाट वञ्चित भएका थिए । मन्त्री हुन नपाएपछि उनले वेलावेला आफूलाई प्रदेशको वैकल्पिक मुख्यमन्त्रीका रूपमा पनि चर्चामा ल्याउने गरेका थिए । 

पछिल्लो समय मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा आफूलाई मुख्यमन्त्री र दलको नेताका रूपमा प्रस्ताव नगरेको भन्दै उनी रुष्ट हुन पुगेका थिए । उनी २८ फागुनमा एमाले केन्द्रीय सदस्य बनेका थिए । मुख्यमन्त्री राईले आङ्बुहाङलाई १३ चैतमा प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता   
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । माओवादी केन्द्रले सोमबारको बैठकमा प्रस्ताव फिर्ता लिएको हो ।

तत्कालीन नेकपाबाट हस्ताक्षर गर्ने ३७ सांसदमध्ये एमालेका २२ सांसदले प्रस्ताव फिर्ता लिएसँगै माओवादी केन्द्रले १५ सांसदको हस्तारक्षर फिर्ता लिएको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सोमबार दिउँसो २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध टेबल भएको अविश्वासको प्रस्ताव फिर्ता  लिएको जानकारी गराए । 

ad
ad
ad
ad