१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी बेल्गाडे
२o८१ बैशाख २४ सोमबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोको आर्म ब्यान्ड ७५ हजार डलरमा बिक्रि

Read Time : > 1 मिनेट
एजेन्सी बेल्गाडे
नयाँ पत्रिका बेल्गाडे
२o८१ बैशाख २४ सोमबार o७:३o:oo

गत साता २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनोट खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले रिसले फालेको आर्म ब्यान्ड ७५ हजार डलरमा बिक्री भएको छ । सो छनोट खेलमा सर्बिया र पोर्चुगलबीच २–२ को बराबरी भएको थियो । खेल सकिनलाग्दा पोर्चुगी खेलाडी रोनाल्डोले नीलो रंगको आर्म ब्यान्ड टर्च लाइनमा फालेका थिए । 

कप्तानी गरेको जनाउने आर्म ब्यान्ड टर्च लाइनमा फाल्दा रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल जगत्मा यसको आलोचना भएको थियो । यद्यपि यस सम्बन्धमा फिफाले केही पनि प्रतिक्रिया दिएको छैन । प्रतिस्पर्धाको इन्जुरी समयमा रोनाल्डोद्वारा प्रहारित गोललाई अफिसियलले मान्यता दिएन । उनले प्रहार गरेको बल गोललाइन क्रस भइसकेको थियो । बल गोललाइनभित्र पार हेर्दै रोनाल्डोले जितको खुसी मनाइसकेका थिए ।

रोनाल्डो अर्कोतिर खुसी मनाउन दौडिँदा सर्वियाका गोलरक्षक रक्षकले बल क्रसलाइनबाट क्लियर गरे । रेफ्रीले सर्बियाली गोलरक्षकै पक्षमा निर्णय सुनाए । गोलको मान्यता नदिएपछि रोनाल्डोले रिसाउँदै आर्म ब्यान्ड टर्च लाइननजिकै फालेका हुन् । त्यो आर्म ब्यान्ड एक फायर फाइटरले टिपे । 

उनले तत्कालै नीलो रंगको आर्म बान्ड एक च्यारिटी समूहलाई दिएको बताएका छन् । फाएर फाइटर जोर्डिजे भ्युकिएभिकले रोनाल्डो चिन्तित हुँदै आर्म ब्यान्ड टर्च लाइनमा फालेको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘मेरैअगाडि आर्म ब्यान्ड फाल्दा रोनाल्डो अति नै रिसाएको र चिन्तित देखिन्थे, ब्यान्ड मेरैअगाडि खसेको थियो, पछि टिपे ।’ 

सबैको सहमतिमै आर्म ब्यान्ड लिलामी राखेको उनले बताए । ‘एउटा राम्रो कार्यका लागि हामीले त्यो ब्यान्ड लिलामी राख्यौँ,’ उनले भने, ‘यसबाट उठेको रकम एक ६ महिने बालकको उपचारका लागि सहयोग हुने विश्वास छ ।’ आर्म ब्यान्ड अक्सनको माध्यमबाट शुक्रबार ७५ हजार डलरमा बिक्री भएको बेलायती समाचार एजेन्सीहरूले जनाएका छन् । 

यसबाट उठेको रकम ६ महिना बच्चाको उपचार निमित्त खर्च हुने जनाइएको छ । ती बालकको मेरुदण्डको अवस्था खराब छ । ती बच्चाको उपचार निमित्त दुई लाख पाउन्ड आवश्यकता पर्छ । ती बालककी आमा नेभेनाले अहिलेसम्म एक लाख पाउन्ड संकलन भएको जानकारी दिएकी छिन् । ‘हामीलाई अहिलेसम्म विश्वास नै लागेको छैन कि एउटा आर्म ब्यान्डले उपचार खर्च जुट्नेछ भनी,’ नेभेनाले भनिन्, ‘अक्सनमा सोचेभन्दा बढी नै रकम उठेको जस्तो लाग्छ ।’

आर्म ब्यान्ड अक्सनमा पुर्‍याउन सर्वियाकै सामाजिक कार्यमा संलग्न संस्थाले व्यवस्था गरेको थियो । यो लिलामी तीन दिनसम्म चलेको थियो । यद्यपि लिलामीको क्रममा केही विवाद देखियो । अक्सनमा सहभागी चार सय आठजनामध्ये केही व्यक्तिले आर्म ब्यान्ड चर्को मूल्यमा बिक्री गराउन अस्वाभाविक मूल्य राखेका थिए । अक्सनमा आएका केही व्यक्ति असम्बन्धित थिए । उनीहरूले सामान्यभन्दा फरक मूल्य राख्दा समर्थक उग्र भएका थिए । 

ad
ad