जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले पार्टी विभाजन नभएको प्रतिक्रिया दिएका छन्। उनले केही साथी चोइटिएर गए पनि यसलाई विभाजन भन्न नमिल्ने बताएका हुन्।
उनले भने, ‘केही दिन छापा माध्यममा समाचार बन्ला, तर नयाँ पार्टीको सदस्यता लिनेहरू केही दिनपछि नेपाली राजनीतिबाट विलीन हुन्छन्। फुटेर गएकाहरु आफ्नै राजनीतिक हत्या गरेका छन्।'
जसपा संघीय सरकारमै रहने बताउँदै उनले अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट आएपछि मात्र बैठक बस्ने बसेर आवश्यक निर्णय लिने बताए। आज १२ सांसदमध्ये ७ सांसद लिएर अशोक राईकाे नेतृत्वमा नयाँ पार्टी गठनकाे प्रक्रिया अगाडि बढेकाे छ।