१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : साँचो र झुटो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o५:५९:oo

एक पानीजहाजका सहायक चालक तीन वर्षदेखि सोही जहाजमा कार्यरत थिए । एक दिन उनी रक्सीको नशामा डुबे । उनको कार्यकालमा यस्तो घटना पहिलोपटक भएको थियो । क्याप्टेनले यस घटनाबारे जहाजको नियमित रजिस्टरमा यसरी उल्लेख गरेका थिए– आजको रात जहाजका सहायक चालक रक्सीको नशामा डुबेका थिए । 

भोलिपल्ट होसमा आएपछि सहायक चालकले क्याप्टेनले लेखेको विवरण पढे । क्याप्टेनको यस एक वाक्यका कारण उनको जागिर जान सक्थ्यो । त्यसैले, उनी क्याप्टेनसामु पुगे । त्यस घटनाका लागि माफी मागे । उनले हात जोडेर क्याप्टेनसित भने– सर, रजिस्टरमा हजुरले लेखेको वाक्यले मेरो जागिरे जीवन नै धरापमा पर्न सक्छ । त्यसैले, त्यस वाक्यको अन्तिममा ‘यस्तो घटना तीन वर्षमा पहिलोपटक भएको हो’ भन्ने एक वाक्य थपिदिनुहोस् न है ? आखिर सत्य पनि त यही हो । 

क्याप्टेनले उनको आग्रह अस्वीकार गर्दै भने– मैले रजिस्टरमा जे लेखेको छु, त्यो नै सत्य हो । त्यसैले, त्यसमा कुनै संशोधन हुन सक्दैन । यस घटनाको केही दिनपछि रजिस्टर भर्ने पालो सहायक चालकको थियो । उनले रजिस्टरमा लेखे– आजको रात क्याप्टेन साहेबले रक्सी पिउनुभएन ।

अर्को दिन क्याप्टेनले रजिस्टर पल्टाउँदा त्यस्तो लेखेको देखेपछि सहायक चालकलाई भने– तिमीले जे लेख्यौ, त्यसमा मेरो गुनासो छैन । तर, तिमीले यो अपूरो वाक्य लेख्न पाउँदैनौ । त्यसैले, कि त यसलाई परिवर्तन गर कि त पूरा विवरण लेख । किनकि, तिम्रो अहिलेको लेखाइबाट त म हरेक दिन रक्सी पिउँथेँ र हिजो मात्र मैले रक्सी पिइनँ भन्ने बुझिन्छ । त्यो सुनेर सहायक चालक मुसुक्क मुस्कुराए र भने– सर, मैले जे लेखेको छु, साँचो लेखेको छु । र, यस्तो साँचो लेख्न मैले हजुरबाटै सिकेको त हुँ । 

ad
ad