१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १४ शनिबार ११:५४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिदेशीय कप फुटबल  : नेपाललाई बंगलादेशसित जित्नैपर्ने दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १४ शनिबार ११:५४:००

त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

फाइनलमा प्रवेश गर्नका लागि नेपालले बंगलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ । बंगलादेश भने यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ । 

बंगलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ ।

नेपालले कीर्गिस्तानसितको खेलमा फितलो खेल प्रदर्शन गर्‍याे । कीर्गिस्तानका कप्तान रोतो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन । 

पटक–पटक गोलको प्रयास भए पनि लक्ष्यमा पुग्न सकेन । नेपाल र बंगलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ । हालसम्म बंगलादेशले तीन अंक जोडेको छ भने नेपाल र कीर्गिस्तानले एक, एक अंक प्राप्त गरेका छन् ।