१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १० मंगलबार ०८:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिम्रिक एयरलाइन्सले गुणको नामबाट उडान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १० मंगलबार ०८:५२:००

सिम्रिक एयरलाइन्सले पुनः गुण एयरलाइन्सको नामबाट उडान गर्ने भएको छ । नेपाली हवाई उड्डयन क्षेत्रमा सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स पुनः सोही नाममा नेपाली आकाशमा सेवा दिन लागेको एयरलाइन्सले जनाएको हो । 

सन् २०१३ देखि सिम्रिक एयरलाइन्सको नाममा सञ्चालनमा रहेको गुण एयरलाइन्सले नाम परिवर्तन गरी आगामी वैशाख महिनाको पहिलो हप्तादेखि उडान सुरु गर्नेछ । सिम्रिक एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले हाल दुईवटा अमेरिकी बिच जहाजद्वारा पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गरिरहेको बताए । उनका अनुसार गुण एयरलाइन्समा नाम परिवर्तन भएसँगै आफ्नो विमान संख्या थप गर्दैै जान लागेको जानकारी दिए । 

नेपालका अधिकांश ट्रंक स्थानहरू सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज,  तुम्लिङटालगायत अन्य स्थानहरूमा सेवा विस्तार गर्ने योजना रहेको छ । राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण एयरलाइन्स दुईवटा बिच जहाज र थप भएका ५ वटा जेट स्ट्रिम जहाजसमेत गरेर कुल ७ जहाजमार्फत उडान गर्नेसमेत जनाएको छ ।