मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७७ चैत ९ सोमबार १२:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ किलो गाँजासहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ चैत ९ सोमबार १२:१८:००

सर्लाही प्रहरीले अवैध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले अटोमा राखेर लागुऔषध गाँजा लिएर जाँदै गरेको अवस्थामा लालबन्दी नगरपालिका– १७ निवासी अटोचालक ४५ वर्षीय पुष्पबहादुर फुँयाल, सोही अटोमा गाँजासहित बसेका सोही स्थानका ४० वर्षीय सुरेन्द्रकुमार बल र लालबन्दी– १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिनलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर निर्मल थापाका अनुसार उनीहरूको साथबाट जेब्रा झोलाभित्र प्लाष्टिकमा पोको पारेको अवस्थामा १५ किलो गाँजा बरामद गरेको जनाएको छ । 

प्रहरीले उनीहरूको साथबाट नगद २५ हजारसमेत बरामद भएको जनाएको छ । उनीहरू लागुऔषध गाँजासहित ज.१ह ४६०९ नम्बरको अटोमा बसेर परवानीपुरबाट रानीगञ्जतर्फ जाँदै गरेको प्रहरीकोे भनाइ छ । अटो, नगद र लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।