नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले सरकारले ऋण लिएर आफूले घिउ खाएको आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै खाणले नेपाली जनताको टाउकोमा यति धेरै ऋण अहिलेसम्म नभएको भन्दै अहिलेको सरकारले आफूले घिउ खाएर जनतालाई ऋण थोपरेको आरोप लगाएका हुन् ।
उनले हामी ऋण लिउँ तिर्ने बेला अरू आउँछन् भन्ने सरकारको प्रवृत्ति भएको बताए । चालू खर्च बढाउने, तर पुँजीगत खर्च खटाउने सरकारको रणनीतिले विकासका कामहरू प्रभावित भएको उनले उल्लेख गरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा पुँजीगत खर्च घटेको छ, पुँजीगत खर्च खट्दा कसरी विकास हुन्छ भनी प्रश्न गरेका छन् ।
मजदुर, किसान, उद्योगी, कर्मचारीको हालत के–कस्तो छ त्यो विषय स्पष्ट हुने गरी श्वेतपत्र जारी गर्न पनि सरकारलाई खाणले आग्रह गरेका छन् । अर्काे एक प्रसंगमा सांसद खाणले सर्वाेच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसक्दा पनि मार्गप्रशस्त नगर्नु लस्जास्पद भएको बताए । उनले प्रधानमन्त्रीले विधिको शासन मान्छौँ भन्ने अनि असंवैधानिक कदमको उत्तरदायित्व लिनुपर्छ कि पर्दैन भनेर प्रश्न समेत गरे ।