१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ जेठ ६ आइतबार o८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o३:oo

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो। निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका छन् ।

पार्टी जिल्ला उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएका छन् । जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिवेशनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए।

ad
ad