१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o९:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादी सरकारकै निरन्तरताका पक्षमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:१२:oo

तर, गठबन्धनलाई लिएर नेपाल र खनालबीच मतभेद कायमै

जसपा विभाजनपछि विकसित राजनीतिक घटनाक्रमपछि एकीकृत समाजवादीले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निर्णय लिएको छ । तर, गठबन्धनलाई लिएर पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता खनालबीच मतभेद कायमै छ । 

सम्मानित नेता खनालसहित बहुमत सदस्य वर्तमान गठबन्धनकै पक्षमा उभिएपछि सत्तागठबन्धनका प्रमुख दुई दल एमाले र माओवादीका शीर्ष नेताप्रति असन्तुष्टि जनाउँदै आएका अध्यक्ष नेपाल पनि वर्तमान सरकारकै निरन्तरताको पक्षमा देखिएका हुन् । तर, बैठकमा गठबन्धनलाई लिएर नेपाल र खनालबीच एकरूपता भने देखिएको थिएन । 

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनलासहित अधिकांश सदस्यले वर्तमान सरकारकै निरन्तरताको पक्षमा धारणा राखेका छन् । वामपन्थी सरकारलाई समर्थन गरेर अगाडि बढ्नुको विकल्प नभएकोमा उनीहरूको जोड छ । 

खनालले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्ति २१ फागुनदेखि नै गठबन्धन ढाल्न सक्रिय भएर र पार्टी अध्यक्ष नेपाललाई समेत प्रयोग गर्ने अवस्था आउनु दुःखद भएको बताएको एक सचिवालय सदस्यले नयाँ पत्रिकालाई बताए । ‘प्रतिक्रियावादी र दक्षिणपन्थीहरू नेपाललाई प्रभाव क्षेत्रमा राख्न चाहन्छन्, वामपन्थी ध्वस्त पार्न उनीहरू लागेकै छन् । यो समीकरण भत्काउन उनीहरूले सुरुदेखि नै कोसिस गरेका हुन्,’ खनालको भनाइ थियो, ‘तर, त्यो सम्भावना अब टरेर गएको छ । कांग्रेस, राप्रपा, जसपा, लोसपा, नाउपा, जनमतलगायतका पार्टी मात्रै होइन, हाम्रै पार्टीभित्र पनि खेल्न खोजेका थिए । त्यो प्रयास अब सार्थक हुने देखिँदैन ।’ 

उनले पार्टी यही गठबन्धनको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिएका छन् । अध्यक्षको सार्वजनिक अभिव्यक्ति सही ढंगले नआएको पनि खनालले औँल्याएका थिए । नेपालले प्रायः सबै कार्यक्रममा सरकारको भविष्यबारे प्रश्न उठाउँदै आएका थिए । 

बैठकमा अध्यक्ष नेपालले वर्तमान सरकारलाई नै निरन्तरता दिएर अगाडि बढ्ने बताए । तर, नेपालले कांग्रेस र एमाले–माओवादीबीच सहकार्य गर्नुमा के भिन्नता छ भन्ने प्रश्न गरेका थिए । ‘यी वामपन्थी र कांग्रेससँग मिल्नुमा के फरक छ ? यिनीहरूले वामपन्थीको प्रतिनिधित्व गर्छन् ? हामीले आफ्नो अधिकार नखोज्ने हो भने अझै पेलिनुपर्ने अवस्था आउन सक्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने । सचिवालय बैठकमा उपमहासचिव जगन्नाथ खतिवडाले वामपन्थीको मात्रै कुरा गरेर नहुने धारणा राखेका थिए । सत्तागठबन्धनका दलको व्यवहारको आधारमा पार्टीले निर्णय लिनुपर्ने खतिवडाले बताएका थिए । उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि वर्तमान सत्तागठबन्धनलाई नै निरन्तरता दिएर जानुपर्ने बताएको एक सचिवालय सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार सचिवालय बैठकमा अध्यक्ष नेपाल र उपाध्यक्ष पाण्डेको बोली फेरिएको थियो

ad
ad