१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

३५ बुँदे घोषणापत्र जारी गर्दै सकियो मेक इन नेपाल सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o३:oo

नेपाली वस्तुको उत्पादन, खपत तथा निर्यात वृद्धिका लागि ३५ बुँदे घोषणापत्र जारी गर्दै ‘मेक इन नेपाल : स्वदेशी सम्मेलन २०२४’ सम्पन्न भएको छ । ‘सम्मेलनको तेस्रो संस्करणमा भएको छलफलमा सबल र आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्कन ३५ बुँदे घोषणापत्र जारी गरिएको परिसंघले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थमन्त्री वर्षमान पुनलाई घोषणापत्र हस्तान्तरण गरेका छन् । 

घोषणापत्र ग्रहण गर्दै अर्थमन्त्री पुनले स्वदेशी सम्मेलनबाट आएका सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निजी क्षेत्रका लागि लचिलो नीति अपनाउने गरी अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएको उल्लेख गर्दै अर्थमन्त्री पुनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट ल्याउने बताए । 

यस बृहत् अभियानको कार्यान्वयनबाट वार्षिक एक हजार नयाँ उद्योग दर्ता, कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । 

परिसंघका अध्यक्ष र अग्रवालले सन् २०२१ को अन्त्यतिरबाट शुभारम्भ भएको मेक इन नेपाल : स्वदेशी अभियानले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालालाई झकझक्याइरहेको बताए । उनले भने, ‘तेस्रो संस्करणको अहिलेको सम्मेलनका घोषणापत्रलाई सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने विश्वास छ ।’
 

ad
ad