१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ५ बिहीबार १९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका वडासचिव चार लाख घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ५ बिहीबार १९:५७:००

काठमाडौं महानगरपालिका– ३० का सचिव भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन् । निर्माण कार्य सम्पन्नपश्चात् बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई चार लाख घुससहित कार्यकक्षबाटै बिहीबार पक्राउ गरेको हो ।