१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

शिक्षा नीतिबारे कांग्रेसले  सातै प्रदेशमा छलफल गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४४:oo

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’का लागि सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेसको शिक्षा विभागले तयार गरेको ‘राष्ट्रिय शिक्षा नीति’को प्रारम्भिक प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल गर्ने कार्यक्रम र अन्तिम रूप दिने तयारी रहेको विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले बताए । 

उनका अनुसार विभागले सातै प्रदेशमा छलफल गर्न प्रदेश संयोजक तोकेको छ । छलफलका लागि प्रदेश १ मा गोकर्ण बानियाँ, प्रदेश २ मा रघुसिंह थारू, बागमती प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशी संयोजक तोकिएका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य हरिप्रसाद नेपाल संयोजक रहेको विभागले सातवटै प्रदेशमा छलफल गरेर प्राप्त राय–सुझाबहरूका आधारमा नीतिलाई अन्तिम रूप दिने पौडेलले जानकारी दिए । 

ad
ad