मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
तस्बिर : संजित परियार
दिपेश शाही काठमाडौं
२०७७ चैत ३ मंगलबार १४:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नजर लगाउन मात्रै होइन, प्रमुख अतिथि बनेर भेलामा सहभागी हुन केपी ओलीलाई योगेश भट्टराईको निम्तो

Read Time : < 1 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ चैत ३ मंगलबार १४:२२:००

एमाले नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय कार्यकर्ता भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन निम्तो दिएका छन् । नेपाल–खनाल समूहले ४ र ५ चैतमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीलाई निम्तो दिएका हुन् । 


ओलीले यसअघि बालुवाटारमा आयोजित चियापान कार्यक्रममा भेलामा नजर लगाउने र भेला गर्ने तथा सहभागी हुनेहरूलाई कारबाही गर्ने बताएका थिए । जवाफमा भट्टराईले नजर लगाउन मात्रै होइन प्रमुख अतिथि बनेर सहभागी हुन ओलीलाई निम्तो दिएका हुन् । कारबाही गरेर राजनीतिक अगाडि नबढ्ने भन्दै उनले आफूहरू कारवाही भोग्न तयार रहेको बताए । 

पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्य