१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४१:oo

नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ । विभागले प्रदेश १ मा गोकर्ण बानियाँ, प्रदेश २ मा रघुसिं थारू, बागमती प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा. महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ ।

तोकिएका संयोजकहरूले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाब संकलन गर्ने निर्णय गरेको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

ad
ad