नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न बाँकी रहेको बताउँदै ‘कलरफुल रिभोलुसन’ आवश्यक रहेको बताएका छन् ।
बिहीबार सहिद भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफू चिन्तित र आक्रोशित भएको बताए ।
प्रचण्डले माओवादी आन्दोलनले ल्याएको उपलब्धि र प्रचण्डलाई निस्तेज पार्नमा प्रतिक्रियावादीले ध्यान केन्द्रित गरेको बताए । आफूभित्र आवेग र आक्रोश रहेको भन्दै प्रचण्डले नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने चेतावनीसमेत दिए ।
नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।