१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २o:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद

एपिएफ क्लबलाई प्रधानमन्त्री कप महिला भलिबलको उपधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बाँके
२o८१ जेठ १ मंगलबार २o:१९:oo

सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपधि एपिएफ क्लबले हात पारेको छ । नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एपिएफ क्लबले उपधि जितेको हो । 

उसले २५–२२, २५–२१ र २५–१९ को सेटमा पराजित गरी उपाधि जितेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । एपिएफले ट्रफीसँगै पाँच लाख रुपैयाँ हात पारेको छ । 

उपविजेता बनेको नेपाल पुलिस क्लबले दुई लाख र तेस्रो स्थानमा चित्त बुझाएको न्यु डायमन्ड क्लबले एक लाख नगद जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी चौथोमा समेटिएको आयोजकले जनाएको छ । 

मंगलबार सम्पन्न खेलमा एपिएफकी सरस्वती चौधरी बेस्ट प्लेर र प्लेर अफ दी म्याच घोषित भइन् । उनले २५ हजार र पाँच हजार गरी ३० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगितामा नेपाल पुलिस क्लबकी उषा भण्डारी बेस्ट स्पाइकर भइन् भने एपिएफकी हिरा केसी बेस्ट ब्लकर, नेपाल पुलिस क्लबकी कमला पुन बेस्ट सेटर, डायमन्डकी शलिना श्रेष्ठ बेस्ट लिब्रो, डायमन्डकै प्रतिभा माली बेस्ट सर्वर र एफिएफका महेश चौधरीले बेस्ट कोचको उपाधि जिते । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य सुमित्रा चौधरीलगायतले सिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरे । 
 

ad
ad