मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २१ शुक्रबार ११:३६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आजबाट सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार ११:३६:००

सातौँ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजबाट नेपालगन्ज रंगशालामा सुरु हुँदै छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’भन्ने मूल नाराका साथ २१ देखि फागुन २५ सम्म नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, महेन्द्र पुलिस क्लब, सशस्त्र प्रहरी, होगाजी न्यु डायमन्ड र स्थानीय लुम्बिनी युनाइटेड गरी पाँचवटा टिमले सहभागिता जनाउने आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । 

यसपटकको प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख, दोस्रो हुनेले दुई लाख, तेस्रोले एक लाख र चौथोले  ५० हजार रुपैयाँ तथा ट्रफी पाउने भएका छन् । प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको ठकुरीले बताए ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा सातौँ प्रधानमन्त्री कपको सदभावनादूतको रूपमा मिस नेपाल नम्रता श्रेष्ठलाई नियुक्त गरिएको ठकुरीले बताए । प्रतियोगिता सफलताका लागि निजी क्षेत्रका विभिन्न व्यावसायिक प्रतिष्ठान र बाँकेका आठवटै पालिकाले आर्थिक सहयोग गरेको बाँके भलिaल संघका अध्यक्षसमेत रहेका ठकुरीले पत्रकार सम्मेलनमा जानकारी दिए