मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ फाल्गुण २१ शुक्रबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२३ दिनपछि रसुवागढी नाकाबाट सात कन्टेनर चिनियाँ सामान भित्रियो

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार ११:१३:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएसँगै सात कन्टेनर चिनियाँ सामान सिगात्सेबाट रसुवागढी आएको छ ।  ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द रहेको नाका आजदेखि पुनः सञ्चालनमा आएको हो ।

६ कन्टेनर रेडिमेड र एक कन्टेनर जलविद्युत् आयोजनाका सामग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । चिनियाँ एउटा गाडीमा आएको सामान नेपाली दुईवटा गाडीमा लोड भइरहेको उनले बताए । 

यसअघि सिगात्सेबाट केरुङमा र केरुङबाट रसुवागढीसम्म सामान ल्याउन व्यवसायीहरू चर्को मूल्य तिर्न बाध्य थिए । अहिले सीधै सिगात्सेबाट रसुवागढीसम्म सामान आउँदा ढुवानी मूल्यमा कम हुने बताइएको छ । 

ल्होसारका समयमा विगतका वर्षहरूमा पनि नाकाबाट आयात ठप्प हुने गरेको थियो । ल्होसार सकिएसँगै नाकाबाट नियमित आयात हुने भए पनि यो वर्ष ल्होसार सकिएको लामो समय हुँदासमेत नाकाबाट आयात हुन सकेको थिएन ।