चीनले आठ लाख डोज खोप दिने

मंगलबार, १८ फागुन, २०७७
डिजिटल संस्करण

चीनले कोभिडविरुद्धको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने भएको छ । सुरुमा तीन लाख, त्यसपछि पाँच लाख डोज खोप दिने घोषणा गरेको चीनले त्यसलाई बढाएर आठ लाख पुर्याएको हो ।

‘कोभिड– १९ विरुद्ध नेपालको लडाइँलाई समर्थन गर्न चीन सरकारले अनुदानमा नेपाललाई दिने खोपको डोज आठ लाख पुर्याउने निर्णय गरेको छ,’ चिनियाँ राजदूतावासले सोमबार साँझ आफ्नो फेसबुक पेजमा लेखेको छ । चीनमै उत्पादन गरिएको सिनोफार्म खोप उसले दिनेछ । 

खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको चिनियाँ दूतावासका एक अधिकारीले बताए । अर्को छिमेकी भारतले अनुदानमा दिएको दश लाख डोज खोप अहिले प्रयोगमा आइरहेको छ । 

See More On

सुझावित समाचार