१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १३ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १३ बिहीबार १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकका नवनियुक्त अध्यक्षले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १३ बिहीबार १o:३७:oo

नेपाल बैंकका नवनियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट शपथ लिएका हुन् । 

अध्यक्ष मरासिनीलाई शपथ गराउँदै राष्ट्र बैंकका गभर्नर अधिकारीले नवनियुक्त अध्यक्षबाट प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति–रणनीतिका माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन योगदान हुने विश्वास व्यक्त गरेको जनाइएको छ । साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने उनले विश्वास व्यक्त गरेका थिए ।  

कार्यक्रममा नवनियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेका थिए । उनले आफूलाई प्राप्त जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त दिँदै बैंकको वित्तीय परिसूचकमा थप सुधार ल्याउन तथा बैंकको व्यावसायिक विकासका लागि बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरेको जनाइएको छ ।