१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ फाल्गुण ११ मंगलबार १६:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुईवर्षे बालक अपहरणमा आफ्नै काकाको संलग्नता : प्रहरी

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार १६:१०:००

सिराहा नगरपालिका– १ रामजानकीचोकबाट अपहरणमा परेका दुईवर्षे बालकको अपहरणमा आफन्तकै संलग्नता रहेको प्रहरीले जनाएको छ । सिराहा नगरपालिका– १ का प्रदीप यादवको दुईवर्षे छोरा इशान्त भनिने प्रियान्सु यादवलाई भारतको मधुवनी जिल्लाको खाजेडी भन्ने गाउँबाट सकुशल उद्धार गरी परिवारजनलाई बुझाएर अनुसन्धान जारी राखेको प्रहरीले घटनामा आफ्नै काकाको संलग्नता रहेको बताएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी सुदीप राजभण्डारीले प्रियान्सु अपहरणमा उनकै काका कुलदीपको संलनता रहेको बताए । अनुसन्धानको क्रममा अपहरणमा कुलदीपको संलग्नता खुलेपछि प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको भण्डारीले बताए ।

कुलदीपसँगै बालक अपहरण गरेको आरोपमा सिराहा नगरपालिका– १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट सामान्य घरायसी विवादकै कारणले बालकको अपहरण गरिएको खुलेको भन्दै प्रहरी उपरीक्षक भण्डारीले थप अनुसन्धान जारी रहेको बताए ।

अपहरणको कारण दाजुभाइको सामान्य विवाद 
बालक अपहरणको कारण दाजुभाइको सामान्य विवाद रहेको बताइएको छ । बिजुलीबत्तीको करिब आठ हजार बिल तिर्ने सवालमा दाजुभाइबीच गत पुसमा सामान्य विवाद भएको थियो । गत १ माघमा बालकका बुबा प्रदीप वैदेशिक रोजगारीका क्रममा साउदी फर्किएका थिए । उनी साउदी फर्किएको २० दिन नबित्दै छोराको अपहरण भएको थियो ।

प्रदीपका बुबा उत्तिमलाल यादवले दाजुभाइमा सामान्य विवाद भएको बताए । ‘बिजुलीको बिल तिर्न दाजुभाइमा भनाभन भएको थियो,’ यादवले भने, ‘कान्छो छोराले नै नातिको खोजी गरी ल्याएको छ । उसैले अपहरण गरेको कुरा पत्यार लागेन ।’