१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ११ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ११ मंगलबार १५:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामी रक्तपातहीन नयाँ प्रकारको युद्धमा छौँ : प्रचण्ड (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ११ मंगलबार १५:२८:oo

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गरेका हुन् । 

७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाइँ चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘लडाइँ विभिन्न ढंगले चलिराखेकै छ । यसो भन्नुको तात्पर्य के होइन भने हाम्रो अदालतप्रति विश्वास छैन भन्ने खोजेकै छैन । मैले सबै सभामा भनेको छु– अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’

संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिँदै प्रचण्डले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताए । उनले भने, ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौँ । देशव्यापी युद्ध चलिराखेको छ । तपाईं–हामी सबै युद्धमै छौँ । अर्को पक्ष जसले ७०–७१ वर्षको आन्दोलनका उपलब्धिहरूलाई अपहरण गर्न खोजेको छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदै छ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौँ ।’

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले अहिले विभाजन गर्न ठूलो षड्यन्त्र भइराखेको बताए । आफूहरू एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजे पनि प्रधानमन्त्री केपी ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको जिकिर गरे । उनले भने, ‘पार्टी धेरै दुःखले एकताबद्ध गरिएको हो । धेरै मिहिनेत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षड्यन्त्र र कसरत अहिले भइनै राखेको छ । भइनै सक्या छ ।’