मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १४:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समग्र सुरक्षा अवस्था र निर्वाचन सुरक्षाबारे सुुरक्षा परिषदमा छलफल

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १४:३१:००

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक मंगलबार बसेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।
 
बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शंकरदास बैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका थिए । 

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न  तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिस गर्न  प्रधानमन्त्रीकाे अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्यसचिव र प्रधानसेनापति  परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । 

सदस्यसचिवका रूपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेस भई छलफल हुने संवैधानिक व्यवस्था छ ।