१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०६:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेल एपको नयाँ संस्करण सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०६:११:००

एनसेलले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । कम्पनीले एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरू सुचारु गर्न सक्ने सुविधासहित परिमार्जित संस्करण सञ्चालनमा ल्याएको हो ।  

नयाँ संस्करण सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जिबी डेटा निःशुल्क प्रदान गर्ने जनाएको छ । नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको जनाइएको छ । 
यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरू तत्कालै सुचारुलगायत विभिन्न कार्यहरू गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा–सुविधाहरूको सुझाब एपको मुख्य स्क्रिनमा नै पाउन सक्ने जनाइएको छ । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सबआइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याकहरू लिन सक्ने कम्पनीले जनाएको छ । 

यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्र्याकिङलगायतका कार्यहरू गर्न सक्ने जनाइएको छ । यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।