१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कर्णाली प्रदेश लोकसेवा आयोगका नवनियुक्त पदाधिकारी ।
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ फाल्गुण ७ शुक्रबार ०६:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णाली प्रदेश लोकसेवा पदाधिकारीमा भागबन्डा

कांग्रेस संसदीय दलका नेता शाहीले श्रीमतीलाई बनाए सदस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ फाल्गुण ७ शुक्रबार ०६:१३:००

कर्णाली प्रदेशको लोकसेवा आयोगमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार आयोगका पदाधिकारी नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोग अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यद्वय भक्तबहादुर खड्का र वसन्ती सिंह शाही नियुक्त भएका छन् । आयोगमा नियुक्ति भएका तीनैजनालाई बिहीबार नै प्रदेश प्रमुख गोविन्द्रप्रसाद कोलौनीले पद तथा गोपनीयताको शपथ खुवाए ।

आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिमा मुख्यमन्त्री शाही, प्रदेश सभामुख राजबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही छन् । समितिको सिफारिसमा अध्यक्ष र सदस्यहरू नियुक्त गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता तुल खड्काले जानकारी दिए ।

आयोग अध्यक्ष उपाध्याय नेकपा प्रचण्ड–माधव समूह, सदस्य 
खड्का नेकपा ओली समूह र सदस्य सिंह कांग्रेस कोटामा नियुक्त भएका हुन् । अध्यक्षमा उपाध्याय सुर्खेत निवासी हुन् । उनी पूर्वक्षेत्रीय शिक्षा निर्देशक हुन् । सिंह कर्णाली प्रदेश प्रतिपक्ष दल कांग्रेसका नेता जीवनबहादुर शाहीकी श्रीमती हुन् । भागबन्डाका आधारमा गठन गरिएको आयोगमा नेता शाहीले आफ्नै श्रीमतीलाई पठाएकोमा आलोचना भएको छ । 

कर्णाली प्रदेश सरकारले लोकसेवा आयोग ऐन २०७५ पहिलो संशोधनसहित जारी गरेको छ । आयोगको पदाधिकारी बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्तिका वेला कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने प्रावधान छ ।