१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा २३ जनाले छोडे ओली समूह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:५३:oo

लमजुङमा नेकपा ओली समूह परित्याग गरी पूर्वगाविस अध्यक्षसहित २३ जना प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा भलायखर्क गाविसका पूर्वअध्यक्ष ऋषिकेश घिमिरे, बुद्धिजीवी परिषद् लमजुङका अध्यक्ष मातृका खनाल, जिल्ला कमिटी सदस्य कृष्णबहादुर केसीलगायत २३ जनाले सामूहिक रूपमा ओली समूहलाई गरेको समर्थन फिर्ता लिएको र प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएको घोषणा गरेका छन् । 

बुधबार नेपाल कम्युनिस्ट पाटी प्रचण्ड–नेपाल जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा २३ जनाले हस्ताक्षरसहित प्रतिगमनको विरुद्ध एकताबद्ध भई अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् । पूर्वगाविस अध्यक्षसमेत रहेका तत्कालीन नेकपा एमालेका सचिवालय सदस्य ऋषिकेश घिमिरेले ओली समूहले कार्यकर्ता व्यवस्थापन तथा योगदानको कदर गर्न नसकेको भन्दै आफूहरू प्रचण्ड–नेपाल समूहमा प्रतिगमनको विरुद्धमा ऐक्यबद्धता जनाएको बताए । 

यस्तै, कार्यक्रममा बोल्दै प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले केपी शर्मा ओलीले एकाधिकार दलाल, नोकरशाही, पुँजीवादलाई संरक्षण गरिरहेको बताए । उनले भने, ‘यसले ‘भ्रष्टाचार’ र ‘कमिसन’को खात लागेको छ, यसको अन्त्य नगरे मुलुक पूरै कंगाल बन्नेछ ।’

नेता गुरुङले संसद् विघटनपछि सरकार संवैधानिक नभएकाले कामचलाउ सरकारले गरेका निर्णय संवैधानिक नहुने बताए ।  वैधानिकता नभएको सरकारले पूर्ण सरकारजस्तो गरी मन्त्री नियुक्ति गर्ने, संवैधानिक अंगहरू नियुक्ति गर्ने, विदेशीहरूसँग सन्धि–सम्झाैता गरिरहेको भन्दै नेता गुरुङले संसद् पुनर्स्थापनापछि यो सबै खारेज हुने बताए । 
 

ad
ad