नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै हिंसा कायरहरूको हतियार भएको बताएका छन् ।
निषेध र आक्रमणको शैली सत्ता–शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको बताए । उनले भने, ‘वैधता र वैधानिकता दुवै गुमाएको केपी ओली सरकारको पतन धेरै टाढा छैन ।’