१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण ३ सोमबार १०:०२:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

यी हुन् निद्रा बिगार्ने आठ खानेकुरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण ३ सोमबार १०:०२:००

पर्याप्त निद्रा स्वस्थ जीवनका लागि निकै आवश्यक हुन्छ । तर, अव्यवस्थित क्रियाकलाप र खानपानका कारण निद्रा बिथोलिँदा स्वास्थ्यमा असर परिरहेको हुन्छ । कतिपयमा त अनिद्रा नै मुख्य स्वास्थ्य समस्याका रूपमा समेत देखिने गरेको छ । 

स्वस्थ रहन पर्याप्त निद्रा, शारीरिक व्यायाम र स्वस्थ खानपानमा ध्यान दिन चिकित्सकहरूको सुझाब छ । साथै, निम्न उल्लेखित खानाले पनि निद्रा बिगार्ने हुँदा ख्याल गर्न उनीहरूको सुझाब छ । 

क्याफिन
कतिपयले निद्रा कम गर्न क्याफिन प्रयोगमा ल्याउँछन, तर दैनिक रूपमा क्याफिनयुक्त खाद्यपदार्थको प्रयोगले निद्रा नै नलाग्ने समस्या आउन सक्छ । क्याफिनको मुख्य स्रोत कफी हो, सामान्यतया अनिन्द्राको समस्या भएका व्यक्तिहरूले क्याफिनको प्रयोग सकेसम्म कम गर्नुपर्छ । 

मसला
मसालेदार खानामा एसिडको मात्रा धेरै हुन्छ । जसले निद्रासम्बन्धी हार्मोनको स्तर कम गराउँछ । पर्याप्त निद्राका लागि सकेसम्म बेलुकाको खानामा मसालायुक्त खाद्यपदार्थ प्रयोग गर्नु हुँदैन । एसिडको मात्राले पाचनमा पनि समस्या ल्याउने हुँदा बेलुका मसालायुक्त खाना कम प्रयोगमा ल्याउनुपर्छ । 

अल्कोहल
कतिपयमा साँझ वा रातको समयमा अल्कोहल सेवन गर्ने बानी हुन्छ । उनीहरू दिनभरको कामको थकान मेटाउन वा रमाइलोका लागि साँझ अल्कोहल प्रयोग गर्छन् । जुन ट्रेन्डकै रूपमा चलेको पाइन्छ । तर, बेलुकाको समयमा गरिने अल्कोहल प्रयोगले निद्रामा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । अल्कोहलले चाँडो निद्रा परे पनि स्वस्थ निद्रा पर्दैन । जसको असर शरीरमा परिरहेको हुन्छ । 

कर्ड मिट
कर्ड मिट अर्थात् स्न्याक्सका लागि प्रशोधन गरिएको मासु सेवनका कारण पनि निद्रा लाग्दैन । सामान्यतया भोज, पार्टीमा प्रयोगमा ल्याइने यस्तो मासुमा विभिन्न मसाला मिसाएर बनाएको हुन्छ । कर्ड मिटमा टायरामाइन नामक तत्व समावेश हुन्छ । जसले मस्तिष्कमा नोरपाइनफ्रिन रिलिज गर्ने हँुदा मस्तिष्क सक्रिय नै रहन्छ, फलस्वरूप निद्रा राम्रोसँग पर्दैन । 

चकलेट
अबेर रातसम्म काम गनुपर्ने बाध्यता भएका व्यक्तिले निद्रा नलागोस् भनेर डार्क चक्लेट खाने गर्छन् । निश्चित मात्रामा डार्क चक्लेट स्वास्थ्यका दृष्टिकोणले राम्रै मानिन्छ, तर निद्रामा भने असर गरिरहेको हुन्छ । डार्क चक्लेटमा क्याफिनको मात्रा पाइन्छ । सामान्य डार्क चक्लेटमा करिब ८० मिलिग्रामसम्म क्याफिन मिसाइएको हुन्छ, जुन एक बोतल रेडबुलमा पाइने क्याफिनजत्तिकै हुन्छ । 

डिक्याफ कफी
क्याफिन मात्र नभई डिक्याफ लाटे वा कफीमा पनि प्रशस्त मात्रामा क्यफिन पाइन्छ । सामान्यतया, यस्तो बेभरेजमा क्याफिन फ्री भनिए पनि क्याफिनको मात्रा भेटिन्छ । सन् २००७ मा गरिएको एक अध्ययनअनुसार, कफिसपका अधिकांश आइटममा क्याफिनको मात्रा प्रयोग गरिएको हुन्छ । जुन निद्रासँग प्रत्यक्ष सम्बन्धित हुन्छ । 

चिज
निद्रामा प्रभाव पार्ने खानेकुरा सम्झिदा चिज सामान्यतया दिमागमा आउँदैन । तर, परमेसन र रोमानोजस्ता केही चिजमा टायरोमाइन नामक एमिनो एसिड हुन्छ । जसले मस्तिष्कमा सीधा असर गर्छ । 

तारेका, भुटेका खाना
तारेका वा भुटेका खानेकुराको अत्यधिक प्रयोग मोटोपनसँग जोडेर हेरिन्छ । जस्तै– आलु चिप्स, पे्रmन्चफ्राईमा हुने रसायनले पाचनमा असर गर्ने हँुदा निद्रामा असर गर्छ । 
 एजेन्सीको सहयोगमा