१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा बर्लिन
२०७७ माघ २९ बिहीबार १३:२९:००
Read Time : < 1 मिनेट
विश्व

जर्मनीमा ७ मार्चसम्म लकडाउन थपियो

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बर्लिन
२०७७ माघ २९ बिहीबार १३:२९:००

जर्मनीमा लकडाउन अवधि आगामी ७ मार्चसम्म लम्ब्याइएको छ । बुधबार यस विषयमा निर्णय भएको हो । 

कोरोना भाइरस महामारी नियन्त्रणका लागि जर्मनीमा अहिले पनि लकडाउन छ । जारी लकडाउनलाई नै आगामी मार्च ७ तारिखसम्म पुऱ्याउने गरी निर्णय भएको हो । समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ वटा संघीय नेताहरूले यस विषयमा सहमति जनाएका थिए । उनीहरूको सहमतिलगत्तै सरकारले जर्मनीमा हाल कायम लकडाउन लम्ब्याएको जानकारी गराएका हुन् ।

जर्मनीका प्रायः सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधान राखेर लकडाउन जारी रहेको थियो । लकडाउनको अवधि यही १४ फेब्रुअरीमा सकिँदै थियो । जर्मनीमा देशभरि नै नभएर आंशिक रूपमा लकडाउन गरिएको छ । नोभेम्बर महिनाको पहिलो सातदेखि यहाँ लकडाउन सुरु भएको हो । 

यो अवस्था अहिले पनि जारी छ । यहाँका कतिपय स्थानमा कोभिडका संक्रमित घटे पनि उल्लेख्य रूपमा कमी आउन भने सकेको छैन । कोरोना भाइरसको नयाँ स्वरूपको प्रजाति पनि पाइएको छ । यसकारण पनि लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको हो ।