१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
एजेन्सी चेन्नई
२o८१ बैशाख २२ शनिबार २o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

सय टेस्टमा रोए रुटको दोहोरो शतक

Read Time : > 1 मिनेट
एजेन्सी चेन्नई
नयाँ पत्रिका चेन्नई
२o८१ बैशाख २२ शनिबार २o:१६:oo

इंग्लिस ब्याट्सम्यान रोए रुटले सय टेस्ट खेल संख्या पु¥याएका छन् । इंग्ल्यान्डबाट सय टेस्ट खेल्ने १५औँ तथा यो उपलब्धि हात पार्ने रुट विश्वकै तेस्रो युवा खेलाडी हुन् ।
रुटले यो सफलता भारतविरुद्धको पहिलो टेस्टमा हात पारेका हुन् । सय टेस्ट खेल्न क्रिजमा उत्रिँदा रुटको उमेर ३० वर्ष ३७ दिन भएको थियो । इंग्ल्यान्डका एलेस्टर कुकले सबैभन्दा कान्छो खेलाडीका रूपमा सय टेस्ट खेलेका थिए । कुक सय टेस्ट खेल्दा २८ वर्ष तीन सय ५३ दिनका थिए । 

शनिबार सम्पन्न सय टेस्टमा रुटले दोहोरो शतक बनाएका हुन् । उनले दुई सय १८ रनको योगदान दिँदै विकेट नदिमलाई दिएका थिए । टेस्ट इतिहासमा ९८, ९९ र सय टेस्टमा शतकीय इनिङ्स खेल्ने रुट एक्ला खेलाडी हुन् । सय टेस्टमा शतकीय इनिङ्स खेल्ने रुट विश्वकै नवौँ खेलाडी हुन् । उत्कृष्ट फर्ममा रहेका रुटले भारतविरुद्धको सिरिजअघि श्रीलंकाविरुद्ध दुई सय २८ रन र एक सय ८६ रन बनाएका थिए । 

भारतसँगको पहिलो टेस्टको पहिलो इनिङ्समा रुटले डोमनिकसँग तेस्रो विकेटका लागि दुई सय रनको साझेदारी गरेका छन् । रुटले दोहोरो शतकीय योगदानमा तीन सय ७७ बलमा १९ चौका र दुई छक्का प्रहार गरेका थिए । उनले भारतविरुद्धको १७ टेस्ट खेल्दा पाँच शतक जोडेका छन् । भारतमा भएको सातै टेस्टमा उनले ५० भन्दा बढी रन बटुलेका छन् । संयोगवश, रुटले ५० तथा सय टेस्ट भारतविरुद्ध नै गरेका हुन् । उनले इंग्ल्यान्डबाट सन् २०१२ मा टेस्टमा डेब्यु गरेका हुन् । त्यसवेला पनि भारत र इंग्ल्यान्डबीच चार टेस्ट सिरिज भएको थियो । नागपुरमा टेस्टमा डेब्यु गरेका वेला रुटले पहिलो इनिङ्समा ७३ रन तथा दोस्रो इनिङ्समा २० रन जोडेका थिए । चार वर्षअघि (सन् २०१७) मा उनले करिअरकै ५०औँ टेस्ट खेलेका थिए । विशाखापट्टनमा भएको दोस्रो टेस्टमा उनले ७८ रन मात्र बनाए । रुटले करिअरमा धेरै रन अस्ट्रेलियाविरुद्ध लगाएका छन् । अस्ट्रेलियाविरुद्ध २४ टेस्टमा उनले एक हजार ६ सय ९४ रन बनाएका छन् ।

भारतविरुद्धको १७ टेस्टमा १४ सय २१ रन,
यसैगरी भारतसँग १७ टेस्टमा रुटले एक हजार चार सय २१ रन बनाएका छन् । त्यसपछि उनले धेरै रन बटुलेको दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाविरुद्ध १२ टेस्टमा एक हजार एक सय ६४ रन हात पारेका छन् । उनले पाकिस्तानसँग पनि १२ टेस्ट खेलेका छन् । भारतविरुद्ध उनको स्ट्राइक रेट निकै राम्रो छ । उनले प्रत्येक इनिङ्समा ५६.८४ को औसतमा ब्याटिङ गरेका छन् । यसैगरी श्रीलंकाविरुद्ध ५८.८८ को स्ट्राइकमा एक हजार एक रन बटुलेका छन् । 

इंग्ल्यान्डको टेस्ट इतिहासमा पूर्वकप्तान कुकले सर्वाधिक एक सय ६१ टेस्ट खेलेका छन् । जसमा उनले १२ हजार चार सय ७२ रन बटुलेका छन् । त्यसपछि जेम्स एन्डसनले एक सय ५८ टेस्टमा एक हजार दुई सय २१ रन बटुलेका छन् । रुटले सय टेस्टमा आठ हजार दुई सय ६६ रन बनाएका छन् । रुटले अहिलेसम्म टेस्ट करिअरमा एक सय ८१ इनिङ्समा २० शतक तथा ४९ अर्धशतक बनाएका छन् । उनले व्यक्तिगत सर्वाधिक दुई सय ५४ रन जोडेका छन् । 

ad
ad