अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकु समूहको आखाडालक्षित अफगान हवाई बलको आक्रमणबाट कम्तीमा १८ तालिबान लडाकु समूहका सदस्य मारिएका छन् । स्थानीय सरकारले उनीहरूको मृत्यु भएको शनिबार पुष्टि गरेको हो ।
नान्गार्हार प्रान्तको पश्चिम भागस्थित सिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मारिएका ती तालिबान लडाकुमा १० जना रेड युनिटका सदस्य अर्थात् विशेष लडाकु रेजिमेन्टका सदस्य थिए । मारिएका सदस्यहरूमा विभागीय तालिबान लडाकु समूहका सेनापति खालिद पनि रहेको विज्ञप्तिमा जनाइएको छ । रेड युनिटका १० जना लडाकु पनि घाइते भएका जनाइएको छ ।
आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ ।