१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २३ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्–सक्कली र नक्कलीको फैसला भयो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार १४:४२:oo

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व गरेको पार्टी कम्युनिस्टको मात्र नभई देशकै मूल पार्टी भएको दाबी गरेका छन् । ओली समूहले राजधानीमा गरेको जनसभामा ओलीले अझै पनि केही मानिस कुन पार्टी आधिकारिक भन्ने भ्रममा रहेको बताउँदै भने, ‘आज कुन मूल पार्टी भन्ने, कुन पार्टी सक्कली, कुन नक्कली भन्ने फैसला भयो । अब पनि भ्रममा परिरहनुपर्छ र ?’

ओलीले काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो जनसभा भएको जिकिर पनि गरे । नेकपा प्रचण्ड–माधव समूहको आन्दोलनतर्फ व्यङ्‍ग्य गर्दै ओलीले भने, ‘काठमाडौंमा आमसभा गर्न ठाँउ भएन । अरुलाई जहाँ छाने पनि ठूलो हुन्छ । हामीलाई जहाँ छाने पनि सानो हुन्छ । काठमाडौंको सबैभन्दा धेरै अट्ने ठाँउ खोज्दा पनि सानो भयो, जता हेरे पनि खाँदाखाँद छ ।’ 

ओलीले आमसभा असफल पार्न आमहडताल, विप्लवको नाममा बम राखेको हल्ला चलाइए पनि व्यापक जनता सहभागी भएको बताए । संविधानमा नलेखे पनि प्रधानमन्त्रीले संसद भंग गर्न पाउने ओलीले दाबी गरे । 

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले पनि तलमाथि गर्न नसक्ने बताए ।