१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७७ माघ २३ शुक्रबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अर्चलबोटका एक सय ४५ घरमा धारा जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार o९:o७:oo

वर्षौँदेखि खानेपानी समस्या भोग्दै आएका लमजुङ दोर्दी गाउँपालिका– २ अर्चलबोटमा घरैपिच्छे धारा जडान भएपछि स्थानीयलाई निकै सहज भएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको एक घर एक धाराको अवधारणाअनुरूप घरैपिच्छे धारा जडान गरेपछि स्थानीयलाई सहज भएको हो । 

साबिक अर्चलबोट गाविसअन्तर्गत ५, ६ र ७ नम्बर रातामाटा, ढल्के पीपलचोक र डिगाउँका एक सय ४५ घरमा खानेपानीको धारा जडान भएको दोर्दी गाउँपालिका– २ का वडाध्यक्ष गोविन्द अधिकारीले बताए । घरैपिच्छे धारा जडान गरेपछि आफूलाई निकै सहज भएको अर्चलबोटकी ४५ वर्षीया कमला विक बताउँछिन् । ‘पहिले पानीको धेरै दुःख थियो,’ उनले भनिन्, पानी लिनका लागि आधा घन्टा हिँडेर कुवामा पुग्नुपर्थ्याे ।’ 

वर्षौँदेखि गाउँमा पानीको समस्या भोग्दै आएकोमा अहिले घरमै पानी आउँदा उनी निकै खुसी देखिन्छिन् । अर्चलबोट खानेपानी सरसफाइ तथा उपभोक्ता समितिमार्फत एक घर एक धारा आयोजनाको काम भएको थियो । गण्डकी प्रदेश सरकारको दुई करोड लगानी र स्थानीयको ४५ लाख ३३ हजारबराबरको जनश्रमदानबाट घरैपिच्छे धारा जडान गरिएको हो ।

करिब ५ किलोमिटर टाढा केराबारी सामुदायिक वनको चिसापानी माथिल्लो क्षेत्रबाट गाउँमा पानी ल्याइएको हो । उक्त धाराको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् । मुख्यमन्त्री गुरुङले भने प्रदेश सरकारले ०७८/७९ सम्म प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ ।

गण्डकी प्रदेश सरकारको एक घर एक धारा कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसंख्या लाभान्वित भएका छन् ।

एक घर, एक धारा कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार सात सय धारा निर्माण सम्पन्न भइसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए । 
 

ad
ad
ad
ad