मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ २२ बिहीबार १८:४२:००
Read Time : > 1 मिनेट
खेलकुद

द हन्ड्रेड बलमा सन्दीप रिटेन

Read Time : > 1 मिनेट
२०७७ माघ २२ बिहीबार १८:४२:००

क्रिकेटको छोटो फर्म्याट द हन्ड्रेड बलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रिटेन भएका छन् । बेलायतमा हुने द हन्ड्रेड बलमा ओभल इन्भिन्सिबल्सले सन्दीपलाई रिटेन गरेको जनाएको छ । प्रतियोगिता  गत वर्ष नै हुनुपर्ने थियो । तर, कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि द हन्ड्रेड बल एक वर्षपछि सारेको हो । 

आयोजक बेलायतले यो प्रतियोगिता यसै वर्ष हुने जनाएको छ । ओभलले सन्दीपसँगै ११ जना खेलाडीलाई रिटेन गरेको जनाएको छ । गत वर्ष अक्सनमा सन्दीप एक लाख पाउन्डमा ओभलसँग अनुबन्धित भएका थिए । विभिन्न अन्तर्राष्ट्रिय फेन्जाइज क्रिकेट प्रतियोगिता खेल्ने क्रममा सन्दीप द हन्ड्रेड बलमा करिअरकै सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका थिए । 

यसै महिनामा द हन्ड्रेड बल प्रतियोगिताका लागि ड्राफट हुँदै छ । यसअघि सहभागी टोलीले खेलाडी रिटेन तथा रिलिज गर्ने क्रममै ओभलले सन्दीपलाई टोलीमा राखेको हो । इंग्ल्यान्ड क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगितामा सन्दीपले आफू ओभलबाट रिटेन भएको जानकारी पाउँदा अत्यधिक खुसी लागेको बताएका छन् । 

सन्दीपले ट्विटरमा ओभलमा रिटेन हुँदा गौवान्वित भएको प्रतिक्रिया दिएका छन् । उनी लेख्छन्, ‘यो वास्तवमै सम्मानको पक्ष हो, ओभलबाट खेल्न आतुर छु क्रिकेट क्षेत्रमा नयाँ फर्म्याटको खेलमा म ओभलबाट उत्कृष्ट प्रदर्शन गर्न मिहिनेत गर्नेछु ।’ 

सन्दीप एक लाख पाउन्डमा अनुवन्ध भए पनि यस सिजनमा उनले ओभलबाट ८० हजार पाउन्ड मात्रै पाउने भएका छन् । अहिले अनुबन्ध भएका खेलाडीको २० प्रतिशत पारिश्रमिक कटौती गरेको जनाएको छ । ओभलले सन्दीपलगायत साम विलिङ, साम कुरान, एलेक्स ब्लाक, लउरी इभान्स, विल ज्याक, सुनिल नारिन, जेसन रोय र नाथन सोटेर र रेस टोप्लेलाई रिटेन गरेको जनाएको छ । ओभलको मुख्य प्रशिक्षक टम मुडी रहेका छन् । 

यसअघि ओभरमा एक लाख पाउन्डभन्दामाथि अनुबन्धित भएका अष्ट्रेलियन खेलाडी स्टिभस्मिथ तथा मिचेल स्टार्कलाई रिलिज गरेको छ । दुवै खेलाडी एक लाख २५ हजार पाउन्डमा अनुबन्धित भएका थिए ।