मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २१ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २१ बुधबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विधि उल्लंघनको प्रवृत्तिप्रति प्रस्ट विमति छ : कांग्रेस प्रवक्ता शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २१ बुधबार १७:१२:oo

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधिको उल्लंघनको प्रवृत्तिप्रति प्रस्ट विमति रहेको दाबी गरेका छन् । उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नै विधि मिचेर ल्याइएकाले त्यसपछि बसेको परिषद्को बैठक र बुधबार भएको शपथग्रहणसमेत विधिविपरीत भएको बताएका छन् । 

बुधबार उनले ट्विट गर्दै लेखेका छन्, ‘विधि उल्लंघनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति छ, १. संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, २. त्यसपछिको बैठक र ३. आजको शपथग्रहण ।’ 

प्रवक्ता शर्माले दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्तिविरुद्ध संघर्ष झनै घनीभूत बनाउनुपर्ने निष्कर्ष रहेको बताएका छन् ।