१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितानिवास प्रकरण : मीनबहादुर गुरुङ अदालतमा उपस्थित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२o:oo

ललितानिवास जग्गा हिनामिना मुद्दामा व्यवसायी मीनबहादुर गुरुङ विशेष अदालत उपस्थित भएका छन् । मुद्दा दायर भएको एक वर्षपछि उनी बुधबार अदालतमा उपस्थित भएका हुन् ।  विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ ।  

उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको आयोगको छानबिनमा भेटिएको थियो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङले सो जग्गा अहिले पनि स्टोरका रूपमा प्रयोग गर्दै आएका छन् ।
 

ad
ad