१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

फ्रन्टलाइनरलाई ‘कोभिड– १९ विशेष सम्मान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:o५:oo

कोभिड– १९ को महामारीका वेला फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई ‘कोभिड– १९ विशेष सम्मान’ प्रदान गरिएको छ । बराबर  फाउन्डेसनले शुक्रबार चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगी विधाका फ्रन्टलाइनरलाई पुरस्कृत गरेको हो । 

सम्मानित हुनेमा १३ व्यक्ति र चार संस्था छन् । चिकित्सातर्फ त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवास आचार्यलाई एक लाख एक रुपैयाँ राशिसहित सम्मान गरिएको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. अनुप बाँस्तोला र कोसी अस्पताल विराटनगरका डा. देवप्रसाद आचार्यलाई ६० हजार एक रुपैयाँ राशिसहित सम्मानपत्रले पुरस्कृत गरेको छ । 

त्यस्तै, नर्सिङतर्फ वीर अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति हमाल, सशस्त्र प्रहरी अस्पतालकी सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीकी भगवती बराल र नारायणी अञ्चल अस्पताल वीरगन्जकी श्रुति शाहलाई सम्मान गरिएको छ । पत्रकारिता विधातर्फ अनलाइनखबरका सागर बुढाथोकी, कान्तिपुरकी फातिमा बानु, देशसञ्चारकी फोटो पत्रकार वर्षा शाह र संस्थागततर्फ न्युज एजेन्सी नेपाल पुरस्कृत भएका छन् । नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगीतर्पm पुरस्कृत हुनेलाई जनही ५० हजार एक रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

स्वास्थ्य सहयोगी विधातर्फ तीनजना पुरस्कृत भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हेल्थ असिस्टेन्ट रमेश काफ्ले, भेरी अस्पताल नेपालगन्जकी कर्मचारी सुशीला भण्डारी, भक्तपुरको स्वयंसेवी समूह आरएनए १६ का राजेन्द्र गोइजू सम्मानित भएका छन् । फाउन्डेसनले संस्थागततर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई विशेष सम्मान प्रदान गरेको छ । पुरस्कृत हुनेलाई वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नगदसहित सम्मानपत्रले सम्मानित गरेका थिए ।

ad
ad