मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १५ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १५ बिहीबार १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अबको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवनमरणको संघर्षको अवधि : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १५ बिहीबार १८:१९:oo

प्रधानमन्त्री केपी ओलीले वैशाखको चुनावका लागि सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आफूनिकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले वैशाखमा चुनाव हुने भन्दै अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिएका हुन् । 

बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवनमरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको बताए । 

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी पनि गरे । पार्टीमा शुद्धीकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहीनता र स्वार्थी प्रवृत्ति किनारा लागेको जिकिर पनि गरे । पार्टी एक विचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाइ छ । 

ओेलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिई एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताए ।अलमलिएकाहरूलाई आफूहरूको बाटोमा समाहित गराउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्ष तीन महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने दाबी पनि गरे ।