१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १४ बुधबार
  • Friday, 05 July, 2024
२o७७ माघ १४ बुधबार २१:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली

कहिलेकाहीँ बेपर्वाह हिँडौँ, त्यहाँ खुसी मिल्छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १४ बुधबार २१:१४:oo

जीवन सानाठूला घटना र तीसँग जोडिएका अनुभवहरू मिलेर बितिरहेको हुन्छ । जीवन कसरी बिताउने र के कुरामा केन्द्रित हुने भन्ने विषय व्यक्तिको स्वभाव, अवस्था र जीवनशैलीमा भर पर्ने गर्छ । सामान्यतया अधिकांश व्यक्तिले समाज, परिवार र आफू वरपरको वातावरणले निर्धारण गरेको सीमाका आधारमा जीवनयापन गरिरहेका हुन्छन् । यस्तै, कतिपय अभावका कारण पनि समय आफूअनुकूल नभइरहेको पनि हुन सक्छ । यस्ता विभिन्न कार्यहरू हुन्छन्, जुन आधारभूत आवश्यकताभित्र परे पनि बेवास्ता गरिरहेका हुन्छौँ । बढ्दै गएको व्यस्त जीवनशैलीको ट्रेन्डबीच आफूलाई खुसी राख्नसमेत सामान्य क्रियाकलापमा ध्यान दिन आवश्यक देखिन्छ । 

मनपर्ने सुट किन्नुहोस्

ड्रेसअप आत्मसम्मानसँग जोडेर हेर्नुहँुदैन । तर, आत्मविश्वासका लागि कम्फर्टेबल ड्रेसअप भने उत्तिकै आवश्यक हुन्छ । आफूमा आत्मविश्वास बढाउनका लागि मनपर्ने ड्रेस छानेर राख्न आवश्यक छ ।

प्रशस्त टिप्स दिनुहोस्

कसैसँग केही कुरा सेयर गर्नु वा दिनुले खुसी दिन्छ । सधैँ समय एकनास हुँदैन र सधैँ प्रशस्त पैसा हुन्छ भन्ने पनि हँुदैन । आफूलाई चाहिनेभन्दा बढी पैसा भएको दिन अहिलेसम्म नदिएको टिप्स दिन सकिन्छ । कुनै रेस्टुरेन्टमा वा अन्य कुनै काम गर्ने व्यक्तिलाई कहिले नदिएको टिप्स दिन सकिन्छ । कुनै अपरिचित व्यक्तिको ‘मुड’ वृद्धि गर्नका लागि कहिलेकाहीँ गरिने यस्ता क्रियाकलापले हुने खुसी महसुस गर्नुहोस् । 

रेलमा लामो यात्रा गर्नुहोस्
लामो यात्रा बसाइको अवस्थामा पनि निर्भर रहन्छ । तर, सामान्यतया नियमित दैनिकीभन्दा फरक काम गर्दा जीवनमा फरक महसुस गर्न सकिन्छ । केही समयमा लागि विनाकाम लामो यात्रामा निस्कनुहोस्, जसले जिन्दगीभरिका लागि रमाइलो यादहरू दिने गर्छ । खुसीका लागि दैनिक तालिकाभन्दा बाहिर गएर कुनै काम गर्न सकिन्छ । 

सिर्जनशीलता देखाउनुहोस्

अधिकांश व्यक्तिले रुचिभन्दा बाहिरको काम गरिरहेका हुन्छन् । सामान्य जीवनयापनका लागि मन नपर्ने कामहरू गर्नुपर्ने बाध्यता पनि हुन सक्छ । तर, कहिलेकाहीँ आफूलाई मनपर्ने काम वा अन्य विषयमा लेख्नुहोस् । आप्mनो वा अर्काको विषयमा पनि लेख्न सकिन्छ । जसले गर्दा कुनै पनि विषयलाई फरक ढंगले बुझ्न सघाउँछ, सबै काम र विषयलाई एउटै तरिकाले बुझ्नुपर्छ भन्ने आवश्यक हँुदैन । 

खेल मनपर्छ ? कोच बन्नुहोस्

सबै व्यक्ति राम्रो खेलाडी हुन्छन् भन्ने हँुदैन, खेल मनपर्ने व्यक्तिले स्थानीय बालबालिकालाई समेटेर खेलको कोच (प्रशिक्षक) बन्न सकिन्छ । दैनिक व्यस्त रुटिनबाट बाहिर आउनका लागि र आफूलाई समय दिनका लागि यो राम्रो उपाय हुन सक्छ । यदि शारीरिक रूपमा सक्रिय हुन सकिँदैन भने पढाउने वा वर्कसपमा स्पिच दिन सकिन्छ, जसले गर्दा तपाईंबाट अन्य व्यक्तिले धेरै ज्ञान लिन सक्छन् । 

विनाकाम निस्किनुस्
दैनिक कामबाट बिदा लिएर एक्लै कतै टाढाका लागि निस्किनुहोस् । सुन्दा सामान्य नलागे पनि दैनिक रुटिनबाट टाढा जान केही समय छुट्याउन सकिन्छ । यसका लागि योजनाविना कुनै भ्रमण पनि हुन सक्छ । अर्थात् आफ्नो आराम क्षेत्रबाट बाहिर निस्किन सकिन्छ । 
–एजेन्सीको सहयोगमा 
 

ad
ad
ad
ad