१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेसी
२०७७ माघ १४ बुधबार १३:४८:००
Read Time : > 1 मिनेट
फिचर

विश्वमा कोभिड– १९ संक्रमितको संख्या दश करोड नाघ्यो 

Read Time : > 1 मिनेट
एजेसी
२०७७ माघ १४ बुधबार १३:४८:००

चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको एक वर्षमा विश्वभर यसबाट संक्रमित हुनेको संख्या दश करोड (एक सय मिलियन) नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बुधबारसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या दश करोड आठ लाख ५३ हजारभन्दा बढी पुगेको छ । 

यो एक वर्षमा विश्वका शक्तिशाली राष्ट्रहरूले समेत कोरोना भाइरस महामारी रोक्न कर्फ्यु, यात्रा प्रतिबन्ध, लकडाउनलगायत विभिन्न हथकण्डा अपनाए । तर, कोरोना भाइरस पूर्ण नियन्त्रणमा आउन सकेको छैन । यसका कारण विश्वको अर्थव्यवस्था जीर्ण बनेको छ । जसले विश्वभर गरिबलाई झन् गरिब र अन्य प्रकारका जटिलता थप समस्याग्रस्त बनेको छ । यद्यपि, कतिपय देशका प्रमुखले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालेका कारण चाँडै नै सामान्य अवस्थामा फर्किएका छन् भने कैयौँ देशले महामारीलाई सामान्य रूपमा लिँदा भयावह अवस्थासमेत आएको छ । जस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड, चीनजस्ता देशले कोरोना महामारीबाट खासै धेरे मानवीय क्षति व्यहोर्नुपरेन, तर अमेरिका, ब्राजिलजस्ता देशले महामारीलाई अवमूल्यन गर्दा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ ।  

विश्वमा २१ लाख ६७ हजारभन्दा बढी मानिसले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । सात करोड २८ लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त पनि भएका छन् 
हुन त यस महामारी नियन्त्रणका विभिन्न प्रयास भइरहेकै छन् । पछिल्लो समय विभिन्न कम्पनीले भाइरसविरुद्ध उपयोगी हुने भ्याक्सिनको समेत विकास गरेको छ । अमेरिका, बेलायत, दक्षिण अफ्रिका, ब्राजिलजस्ता देशले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउनसमेत सुरु गरिसकेको छन् । खोप लगाइरहेका देशका नागरिकमा पनि यसको अन्योल हटेको भने छैन । उनीहरूमा कोरोना भाइरससँगै खोपप्रतिको अन्योल पनि थपिएको छ । जोन अप्किन्स विश्वविद्यालय, ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका सहायक प्रोफेसर केनलिन रिवरका अनुसार यसै कारण पनि कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।  

कोभिड हराउ अभियान
हालसम्म अमेरिकामा कोरोना महामारीको असर सबैभन्दा बढी परेको छ । यहाँ दुई करोड ५० लाखभन्दा पनि बढी नागरिक संंक्रमित भइसकेका छन् । विश्वमा कोरनाबाट मृत्युका भएका कुल संख्याको एक चौथाइ अमेरिकाका मात्रै छन् । यहाँ हालसम्म चार लाख २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

कोरोना भाइरस संक्रमण दर बढ्दो अवस्थालाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई चाँडै नै नियन्त्रणमा ल्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अयोजित पत्रकार सम्मेलनमा उनले चाँडै नै २० करोड डोज खोप किन्ने घोषणा पनि गरे । उनले भने, ‘कोभिडलाई निस्तेज पार्नु हाम्रो कर्तव्य हो र हामी चाँडै नै यसलाई हराउनेछौँ ।’

अमेरिकापछि विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश भारत हो । यहाँ साढे एक करोडभन्दा बढी व्यक्ति हालसम्म संक्रमित भइसकेका छन् भने एक लाख ५३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तेस्रो स्थानमा ब्राजिल रहेको छ । यहाँका ८० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । कोरोना संक्रमणकै कारण एक वर्षयता ज्यान गुमाउनेमा ब्राजित दोस्रो स्थानमा छ । यहाँ हालसम्म दुई लाख १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।