१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ माघ १३ मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ माघ १३ मंगलबार १६:१६:००

संखुवासभाको पाँचखपन नगरपालिका– ३ वानामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

ट्र्याक्टरका सहचालक पाँचखपन नगरपालिका– ६ घर भएका २२ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताए । 

उनका अनुसार वानाबाट बाह्रबिसेतर्फ जाँदै गरेको को.२त ५०१० नम्बरको ट्र्याक्टर सोमबार राति अनियन्त्रित भई सडकभन्दा करिब ९० मिटर तल खसेको थियो । ट्र्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका कोइरालाको उपचारको क्रममा वाना प्राथमिक स्वास्थ्य चौकीमा मंगलबार मृत्यु भएको प्रहरी बुढाथोकीले बताए ।

ट्र्याक्टरचालक जितबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।