मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १२ सोमबार १९:५६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न अर्थमन्त्रीको आग्रह (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १२ सोमबार १९:५६:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रूपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् । 

निर्वाचनका लागि खर्च हुँदा स्वाभाविक रूपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उनको भनाइ छ । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने पौडेलको तर्क छ । 

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि पौडेलले बताए । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाइ गलत भएको पनि उनले बताए । 

पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुने उनको भनाइ छ ।