१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस/एएफपी मेक्सिको सिटी
२o८१ बैशाख २४ सोमबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोरोना भाइरस संक्रमण 

Read Time : < 1 मिनेट
रासस/एएफपी मेक्सिको सिटी
नयाँ पत्रिका मेक्सिको सिटी
२o८१ बैशाख २४ सोमबार १४:o७:oo

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उनलाई सामान्य लक्षण मात्र देखिएको छ । 

सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, ‘म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार शुरु गरिसकेको छु ।’

बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोरलाई सार्वजनिक कार्यक्रमहरूमा बिरलै मास्कमा देखिन्छ । उनी महामारीको चरम अवस्थाका दिनहरूमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रममा उपस्थित हुने गरेका थिए । उनी देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहेका थिए शुक्रबार मात्रै पनि उत्तर राज्य सान लुइस पोटोसीको भ्रमणमा थिए । 
राष्ट्रपति ओब्राडोरलाई सन् २०१३ मा हृदयाघात भएको थियो भने उनलाई हाइपरटेन्सनको समस्या पनि छ । यस्ता रोगहरू भएका व्यक्तिलाई कोरोना भाइरस संक्रमण खतरनाक मानिन्छ । 

मेक्सिकोमा गत २४ डिसेम्बरदेखि खोप अभियान शुरु भइसकेको छ । मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ । 

मेक्सिकोमा हालसम्म कोरोना संक्रमित करिब एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
 

ad
ad