Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ १० शनिबार ११:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

Read Time : < 1 मिनेट
२०७७ माघ १० शनिबार ११:२३:००

नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्   टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए । उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए ।  

लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए ।  यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए ।

उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन् ।  लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अंक जोड्दै लिगको छैटौँ स्थानमा छ । रासस