नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ बाँकी रहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा शुक्रबार आयोजना गरेको विरोध सभामा भुसालले यस्तो बताएका हुन् ।
भुसालले ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने निर्णय फिर्ता लिन पनि सुझाब दिए । प्रतिनिधिसभा पुनस्र्थापना भए नेकपा एक रहन सक्ने भुसालको तर्क छ । विघटन फिर्ता नलिए इतिहासको कठघरामा उभ्याइने भुसालको भनाइ छ ।