१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ५ सोमबार १८:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहमतिप्रति ओली इमानदार नहुँदा समस्या आयो : प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ५ सोमबार १८:०८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका वेला गरिएका सहमतिमा केपी ओली इमानदार नभएका कारण समस्या आएको बताएका छन् । काठमाडौंमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता गर्दा तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा ओलीले इमानदारी नदेखाएका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका हुन् ।

उनले पार्टीभित्र व्यक्तिगत र पदका लागि संघर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतिको संघर्ष भएको दाबी गरे । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधानअनुरूप चले–नचलेको हेरेर को सही र को गलत छुट्याउन उनले कार्यकर्तालाई अनुरोध पनि गरे ।

प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भए पनि ओलीको शक्तिकेन्द्रित गर्ने मनशाय मात्रै भएको जिकिर गरे । आन्दोलनलाई निरन्तरता दिने भन्दै उनले कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिए ।