Skip This
सामाजिक सञ्जालको विकल्प खोज्दै ट्रम्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सामाजिक सञ्जालको विकल्प खोज्दै ट्रम्प

आफ्ना ७० हजार समर्थकलाई खुसी पार्न पनि ट्रम्पले नयाँ सामाजिक सञ्जालमा लगानी गर्न सक्ने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:२o:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालको नयाँ विकल्प खोजीमा छन् । गत साता क्यापिटल हिलमा भएको हिंसात्मक गतिविधिपछि फेसबुक, ट्विटर, इन्स्टाग्रामले ट्रम्पका सबै अकाउन्ट सधैँका लागि बन्द गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण उनका समर्थकले क्यापिटल हिलमा हिंसात्मक गतिविधि गरेको आरोप उनीमाथि लागेको छ । सुरुमा सबै सामाजिक सञ्जालले २४ घन्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेका थिए । ७ जनवरीमा अमेरिकी संसद् भवनमा भएको हिंसात्मक गतिविधिपछाडि ट्रम्पकै टिप्पणी प्रमुख मानिएपछि सोसियल मिडियाले उनका सबै अकाउन्ट बन्द गरेका हुन् ।

सबै किसिमका सामाजिक सञ्जाल बन्द भएपछि ट्रम्पले अहिले आफ्ना विचार समर्थकमाझ राख्न पाएका छैनन् । उनका छोरा जुनियर ट्रम्प र ७० हजार समर्थकका समेत सामाजिक सञ्जाल अकाउन्ट निलम्बित भएका छन् । ट्विटर, इन्स्टाग्राम र फेसबुकमा निकै सक्रिय मानिने ट्रम्पले ७ जनवरीदेखि केही शब्द भनाइ राख्न नपाउँदा उनका समर्थक पनि निराश छन् ।

तर, बुधबार बिहान टेक्सासमा पुगेपछि आफूलाई मनमा लागेका कुरा सार्वजनिक गरेका छन् । उनले पुनः एकपटक ७ जनवरीमा दिएको अभिव्यक्ति सही भएको र ४६औँ राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली गरी जो बाइडेन विजयी भएको आरोप लगाए । यद्यपि ट्रम्पले निर्वाचनमा धाँधली भएको कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् । ‘मेरो त्यो अभिव्यक्ति बिलकुल सही थियो, त्यो गलत थिएन र निर्वाचनमा धाँधली भएकै हो,’ ट्रम्पले टेक्सासमा भने । 

राष्ट्रपति ट्रम्प निकट
कानुनविद्हरूले सामाजिक सञ्जालका नियमनकारीहरूले सर्वसाधारणको स्वतन्त्रताको अधिकार हनन गरेको दाबी गरेका छन् । ट्रम्पका छोराले अमेरिकामा नागरिकका स्वतन्त्रतामाथि नै प्रतिबन्ध लागेको आफ्ना साथीको ट्विटरबाट ट्विट गरेका छन् । ‘अब अमेरिकामा कसैलाई पनि स्वतन्त्रपूर्वक बोल्ने अधिकार छैन,’ ट्रम्पका छोरा जुनियर ट्रम्पले भनेका छन्, ‘गैरकानुनी रूपमा हाम्रा सबै अकाउन्ट बन्द भएका छन् ।’ 

यसैबीच ट्रम्पका समर्थकले नवनिर्वाचित राष्ट्रपति बाइडेनविरुद्ध मोर्चाबन्दी गर्न अलग्गै सोसियल मिडिया प्लेटफर्म बनाउनुपर्ने सुझाब दिएका छन् । जसमा कसैले पनि प्रतिबन्ध लगाउन नसकोस् भन्ने समर्थकहरूको भनाइ छ । ‘अब हामीले यस्तो नयाँ सोसियल मिडिया बनाउनुपर्छ, जसमा हामीले भनेका कुरा राख्न सकियोस्, यसमा कसैको पनि हस्तक्षेप हुनेछैन,’ ट्रम्प समर्थकहरूको भनाइ छ । नयाँ सोसियल मिडिया प्लेटफर्म बनाउन त्यति सहज भने छैन । 

अहिले विश्वव्यापी चलेका ट्विटर, फेसबुक तथा इन्स्टाग्रामलाई चुनौती दिन सक्ने नयाँ सामाजिक सञ्जालको स्थापना गर्नु चुनौती नै भएको विज्ञहरू मान्छन् । सैद्धान्तिक रूपमा धेरै पुँजी भएको, विश्वस्तरीय प्राविधिक दक्षता भएको टोली तथा यसमा दिनरात काम गर्ने कर्मचारी राख्न सक्दा नयाँ सोसियल मिडिया चलाउन सकिन्छ ।

तर, नयाँ सोसियल मिडियालाई लोकप्रिय बनाउन भने समय लाग्छ । ट्रम्पले नयाँ सोसियल मिडिया स्थापना गरे विश्वभर फैलाउन धेरै समय लाग्ने अमेरिकी एजेन्सीहरूले जनाएका छन् । ट्रम्पले आफ्ना ७० हजार समर्थकलाई खुसी पार्नका निम्ति पनि सोसियल मिडियामा लगानी गर्न सक्ने अमेरिकी एजेन्सीहरूले जनाएका छन् । 

अमेरिकन टेक्नोलोजी क्षेत्रका प्रोफेसर डंकन फर्गुसनले विश्वप्रसिद्ध सोसियल मिडियाविरुद्ध नयाँ कम्पनीले प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका छन् । हालै मात्र उनको एक लेखमा भनिएको छ, ‘कसैले पनि नयाँ सोसियल मिडिया स्थापना गरे, उसले फेसबुक, ट्विटर, इन्स्टाग्राम तथा अमेजनजस्तो कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा यसलाई विश्वव्यापी बनाउनु असम्भवझैँ देखिन्छ ।’ एक तथ्यांकअनुसार प्रत्येक महिना फेसबुक दुई अर्ब ३० करोड प्रयोगकर्ताले चलाउँछन् । युट्युब एक अर्ब ९० लाख व्यक्तिले प्रतिमहिना प्रयोग गर्छन् । 
 एजेन्सीको सहयोगमा

ad
ad