हुम्लाका कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार गरिएको छ । कोरोना संक्रमण देखिएका २५ वर्षीय पुरूषको हेलिकोप्टरबाट उद्वार गरिएको हो ।
उनलाई स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले कोठमाडौं रेफर गरेको थियाे । उनलाई हुम्लाबाट हेलिकोप्टरमा काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यलय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिइन् ।