मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
 शिवसताक्षी–११ स्थित गैँडे सामुदायिक वन को कार्यालय परिषरमा तस्करी गरेर लुकाइएको काठ । 
२०७७ पौष २४ शुक्रबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठ तस्करीको आरोपमा सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ

सामुदायिक वन कार्यालयको कम्पाउन्टमा परालले लुकाएको अवस्थामा भेटियो काठ

Read Time : < 1 मिनेट
२०७७ पौष २४ शुक्रबार १४:१६:००

काठ तस्करीको आरोपमा झापामा एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । झापाको शिवसताक्षी– ११ स्थित गैँडे सामुदायिक वनका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका हुन्।

सबडिभिजन वन कार्यालय दमक र रतुवामाई वृक्षरोपण आयोजनाको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरूले दुईवटा सालका ठूला रूख काटेको वन कार्यालयले जनाएको छ । 

गैँडे सामुदायिक वनको सिमानामा रहेको रतुवामाई वृक्षरोपणको वन क्षेत्रमा रूख काटेको आरोपमा पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकले जनाएको छ । ३२१ क्युफिट काठसहित उनीहरूको पक्राउ परेका हुन् । दुईवटा रूखका २८ वटा टुनासहित उनीहरूलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकका प्रमुख एकराज दाहालले जानकारी दिए । 

‘काठ तस्करी भइरहेको सूचनाका आधारमा हामीले निगरानी बढाएका थियौँ । एउटा रूख जंगलमा गिँडेर राखेको अवस्थामा भेटियो । त्यही आधारमा खोज्दै आयौँ,’ उनले भने, ‘एउटा रूखको टुना सामुदायिक वनको कम्पाउन्डभित्र परालले छोपेर लुकाएको अवस्थामा फेला पार्‍यौँ । अध्यक्ष र उपाध्यक्ष त्यहीँ हुनुहुँदोरहेछ । त्यो भनेपछि त रंगेहात नै भन्नुपर्‍यो नि !’ पक्राउ परेका अध्यक्ष र उपाध्यक्षलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भद्रपुर पठाइएको उनले बताए  । 

अध्यक्ष कार्की लामो समयदेखि गैँडे सामुदायिक वनमा एक दशकभन्दा लामो समयदेखि कार्यसमितिमा बस्दै आएका छन् । उनी एक कार्यकालका वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल वनको अध्यक्ष भएका छन् । कार्की गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शिवसताक्षी– ११ को वडाध्यक्षमा पराजित भएका थिए ।